भोटेकोशीको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति, तटीय क्षेत्रका ५ जिल्लामा सतर्क रहन सरकारको अपिल

काठमाडौँ, १० भदौ । तिब्बतबाट रसुवा हुँदै बगेको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रमा ठूलो भौतिक क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। बाढीले नदी तटीय क्षेत्रका संरचनाहरू बगाउनुका साथै कटानसमेत तीव्र पारेको छ।

बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले ती जिल्लाका नदी किनार आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन विपद् व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *