मैतीदेवी प्रहरी विटमा महानगरपालिकाले चलायाे डोजर

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी विटमा डोजर चलाएको छ ।

मंगलबार नगर प्रहरीको टोलीले नेपाल प्रहरीकाे विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् । त्यसपछि महानगरपालिकाले प्रहरी विटमा डोजर चलाएकाे हाे ।

नेपाल प्रहरीले मैतीदेवी चोककाे सडक र फुटपाथ मिचेर विट निर्माण गरेको थियो ।