झापाकाे मेचीनगरबाट हातहतियार सहित ४ जना भारतीय पक्राउ
झापा, २४ माघ । मेचीनगर नगरपालिका-६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियार सहित भारत घर भएका २० वर्षीय ओम साह समेत ४ जना भारतीय नागरिक पक्राउ परेकाे छ ।
प्रहरीले उनीहरूलाई सोमबार फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्ड सहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएकाे छ ।