रवि लामिछानेबिरुद्ध प्रहरीले जाहेरी नलिएको भन्दै सरकारी वकिल कार्यालयमा निवेदन

काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको जाहेरी प्रहरीले नलिएको भन्दै दर्ता प्रक्रिया अघि बढाइदिन सरकारी वकिलको कार्यालयमा निवेदन परेको छ।

युवराज पौडेल (सफल)ले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा निदेवन दिएका हुन्।

लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ।

उनले माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि पर्याप्त प्रमाण हुँदाहुँदै जाहेरी दर्ता नभएको निवेदनमा उल्लेख छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *