अहिलेकाे गठबन्धनहरूकाे आयु छैन : पूर्वप्रधानमन्त्री खनाल
काठमाडाैं, १४ फागुन । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनकाे आयु नभएको बताएका छन्।
आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले बनेको गठबन्धनकाे आयु नभएको बताएका हुन् ।
उनले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँगपनि एकीकरण गर्न तयार रहेको बताउँदै नेता खनालले वाम दलहरुकाबीचमा मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी खुला रहेको पनि बताए ।
मुख्य दलहरू शक्ति आर्जनका लागि र्याल काढेर हिँडेको उल्लेख गर्दै नेता खनालले सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा आफू नभएको बताए ।
उनले भने भ्यागुता कति वेला उफ्रन्छन् भन्ने कुनै ठेगान हुँदैन । खनालले गठबन्धनहरूबाट देशले पार नपाउने पनि बताएका छन् ।