जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट एक पक्राउ

भक्तपुर, १६ फागुन । एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरकाे मध्यपुर ठिमीबाट एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

थापाले ती किशोरीलाई फागुन ७ गते आफ्नै कोठामा राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमिबाट पक्राउ गरेर कार्वाही प्रकृया अगाडी बढाएकाे छ ।