काठमाडौं जिल्ला प्रशासनद्वारा इच्छा विपरीत होली नखेल्न आग्रह
काठमाडौं, १९ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही फागुन २२ गते मनाइने फागु पूर्णिमा (होलीपर्व)मा इच्छा विपरीत होली नखेल्न आग्रह गरेको छ ।
शुक्रबार प्रशासनले एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरीत रंग, लोला तथा पानी नछ्याप्न आग्रह गरेको हाे ।
“मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्न/नगराउन सबैमा अनुरोध गर्दछौं,” “कानुन विपरीतका गतिविधि गरे प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।” सूचनामा भनिएकाे छ ।