जातीभेद, रंगभेद र छुवाछूतको समूल अन्त्य गर्न ओलीको आह्वान
काठमाडौं, ७ चैत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कानूनी रुपमा जातीय छुवाछुतको अन्त्य भए पनि व्यवहारमा लागू हुन नसकिरहेको वताउनु भएको छ । ५८औं अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीले यस्तो वताउनु भएको हो ।
उहाँले समृद्ध नेपाल, सुखी नपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सवै प्रकारका विभेद, कुरीति, अन्धबिश्वास अपराध, बहिष्करण र हिंसालाई अन्त्य गर्नुपर्ने पनि वताउनु भएको छ । ‘समृद्ध नेपाल, सुखी नपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न जातीय आधारमा हुने सवै प्रकारका विभेद, कुरीति, अन्धबिश्वास अपराध, बहिष्करण र हिंसालाई अन्त्य गर्नुपर्दछ,’ उहाँले भन्नुभएको छ, ‘नेकपा (एमाले) लाई सवल बनाई राष्ट्रको यस आकांक्षा पूरा गर्न सवैको साथ रहने छ भन्ने मेरो बिश्वास छ ।’
उहाँले कानूनी रुपमा आतीय छुवाछुतको अन्त्य भए पनि ब्यवहारमा लागू हुन नसकिरहेको बताउनु भएको छ । ‘कानूनी रुपमा बर्जित भए पनि छुवाछुत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुन सकेको छैन । यसलाई तोडन समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक छ । नेकपा (एमाले)को अगुवाईमा निर्माण भएको नेपालको संविधान २०७२ को प्रस्तावनामा सवै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्ने कुरा उल्लेख छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ ।
अध्यक्ष ओलीले यस दिवसका अवसरमा जातीभेद, रंगभेद र छुवाछूतको अमानवीय प्रथालाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँमा सक्रिय रहन सबैलाई आह्वान गर्नुभएको छ ।