पूर्वमन्त्री शिवचन्द्र कुशवाहले त्यागे माओवादी केन्द्र

काठमाडौं, १५ चैत्र । पूर्वमन्त्री शिवचन्द्र कुशवाहले नेकपा माओवादी केन्द्र त्यागेका छन् । उनी आजै जनमत पार्टीमा प्रवेश गरेका छन् ।

गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनेर करिब ३ सय मत अन्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लबमा भएकाे पत्रकार सम्मेलनमा जनमत पार्टीका अध्यक्ष सीके राउतले कुशवाहलाई स्वागत गर्दै बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा आगामी बैशाख १० गते उपचुनाव हुँदैछ ।