वर्षकाे अन्तिम कारोबार दिन २९.०७ अंकले घट्याे नेप्से
काठमाडाैं, ३० चैत्र । वर्षकाे अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बुधबार, उच्च अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक २९.०७ अंक घटेर १९३४.४७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७२ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २७० स्टकको ४४ हजार ७०८ पटकको कारोबारमा १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आदर्श लघुवित्त, कालिञ्चोक दर्शन र मोलुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, यस दिन गरिमा विकास बैंकको ऋणपत्रको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य सर्वाधिक ५.५० प्रतिशत घटेको छ।
बिहीबार कारोबार रकमका आधारमा शिवम सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।