लामो समयपछि देउवासँगै ओली निवासमा प्रचण्ड प्रवेश, के–के विषयमा हुँदैछ छलफल ?
काठमाडौं, ४ वैशाख । गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासको बार्दलीबाट आफ्नै लयमा हात उठाउन लगाएर प्रधानमन्त्री बनाउने सहमति भएको सन्देश दिनुभएको थियो ।
निकै लामो समयको संवादहिनतालाई तोडेर ओली र प्रचण्डले एकै लयमा बार्दलीबाट हात हल्लाएका तस्बिर र भिडियो निकै चर्चित भएका थिए । त्यसपछिका केही महिना ओली र प्रचण्डको सम्वन्धन निकै सुमधुर देखियो । समभामुखको निर्वाचनसम्म सकारात्मक नै देखिएको ओली–प्रचण्ड सम्वन्धन राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा निकै ठूलो दरारका रुपमा देखियो । त्यसपछि उहाँहरुबिच एक पटक सभामुख देवराज घिमिरेकै पहलमा सिंहदरबारमा भएको थियो ।
त्यसपछि औपचारिक भेटघाट भएकै थिएन । हिजो अर्थातन आइतबार ओली निवास बालकोटमै भेट गर्ने तय भए पनि अन्तिममा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै जना बालकोट नआएपछि भेटघाट रोकिएकाृे थियो ।
आज प्रचण्ड र देउवा दुबै जना ओली निवास पुग्नु भएको छ । प्रचण्डकै प्रस्तावमा हिजो बस्ने भनेको बैठक आज बसिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।
एमाले अध्यक्ष ओली निवासमै स्वास्थ्य लाभ गरिरहेको अवस्थामा उहाँको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ । विगत केहि दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको ।