काेराेना संक्रमण बिस्तारै बढ्दै, थप १०८ जनामा कोरोना संक्रमण

काठमाडाैं, ६ वैशाख । काेराेना संक्रमितकाे संख्या बिस्तारै बढ्दै गएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले परिक्षण गरिएकाे २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।