रास्वपाका सांसद ढाका कुमार श्रेष्ठको पद रिक्त

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

सभामुख देवराज घिमिरेले सांसद ढाका कुमार श्रेष्ठको पद रिक्त भएको जानकारी प्रतिनिधिसभाका सुनाउने तय भएको हाे ।

सांसद श्रेष्ठले मेडिकल व्यापारी दुर्गा प्रसाँइसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

पार्टीले कारबाही गरेको अधिकारिक पत्र पाइसकेपछि सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराउन लागेका हुन् ।