उपनिर्वाचन

बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव विजयी

बारा, १३ बैशाख । बारा क्षेत्र नं. २ काे उपनिर्वाचनमा जनता समाजवादी पार्टीकाअध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएकाे छ ।

जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै यादव निर्वाचित हुनुभएकाे हाे ।

यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभएकाे छ भने जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्नुभएकाे छ । रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्नुभएकाे छ भने आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहनुभएकाे छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे नै प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।