सहिद स्मारक ए डिभजिन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं, २६ वैशाख । सहिद स्मारक ए डिभजिन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ ।

थ्रीस्टार र न्यूरोड टिम एनआरटीबीचकाे खेल दशरथ रंगशालामा दिउँसो ३ बजे हुनेछ भने जावालाखेल युथ र हिमालयन शेर्पाबीचकाे खेल सोही रंगशालामा साँझ ६ बजे हुनेछ ।

थ्रीस्टार १५ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा छ भने एनआरटी समान खेलबाट १७ अंक जोडेर १२औँ स्थानमा छ।

त्यस्तै जावलाखेल १५ खेलबाट २४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। समान खेल खेलेको हिमालयन शेर्पा २० अंकसहित आठौँ स्थानमा छ।

त्यस्तै संकटा र सातदोबाटोबीचकाे खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । संकटा १५ खेलबाट १७ अंकसहित ११औँ स्थानमा छ भने सातदोबाटो समान खेलबाट २३ अंकसहित पाँचौ स्थानमा छ।