माधव–प्रचण्डप्रति ओलीको कटाक्षः दुईमाना कोदो फल्ने सुर्को कांग्रेसलाई बन्धकी राखेका छन्

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का अध्यक्ष cले नेकपा छाडेर गएपछि माओवादीलाई दशा लागेको बताउनु भएको छ । नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुका लागि अनुशिक्षण कार्यक्रममा सम्वोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । ‘माओवादीलाई नेकपा छाडेर गएदेखि ने दशा लाग्न सुरु भयो,’ ओलीले भन्नुभयो, ‘हेर्नुहोला २०८४ निर्वाचनमा माओवादी खोज्दा पनि भेटिने छैन ।’

उहाँले माओवादी र एकीकृत समाजवादी दुवै दलप्रति संकेत गर्दै दुई सुर्का बारी लिएर गएको संज्ञा दिनुभयो । ‘दुई सुर्का बारी लिएर गए, भैँसी गोठ भएको, गाई गोठ पनि भएको, खेतवारी भएको, फलफूलबारी भएको, सुन्तलाघारी भएको केराघारी भएको त्यस्तो घरपरिवारको हिस्सेदारी छाडेर दुईमाना कोदो फल्ने सुर्को लिएर गए,’ ओलीले भन्नुभयो, ‘अहिले विचरा त्यो सुर्को कांग्रेसमा बन्धकी राखेर बसेको छ ।’