बगैंचाको विवादमा फ्रान्समा ११ वर्षीया बालिकाको गोली हानी हत्या
एजेन्सी, ३० जेठ । फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बालिकाको आइतबार गोली हानी हत्या गरेको छ ।
सीएनएनले जनाएअनुसार बगैंचामा देखिएको विवादका क्रममा उनको छिमेकीले गोली हानी हत्या गरेकाे हो ।
आक्रमणमा उनका आमाबुवा गम्भीर घाइते भएका छन् । उनकी आठ वर्षीया बहिनी भने भागेकी थिइन् । उनको परिवार बगैचामा बसेको बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको बताइएको छ ।
घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमा बाबुलाई गम्भी चोट लागेको थियो । घटनाको एक घण्टा पछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।
प्लोनेभेज-डु-फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैंचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानाहान भएको हो।