एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा, ऐरी कप्तान
काठमाडौँ, ३० भदौ । एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्गलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्।
एसियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा हुनेछ।