सप्तकोशी ब्यारेजको जलसतह उच्च, २१ ढोका खोलियो

सुनसरी, ३० भदौ । सप्तकोशी ब्यारेजको जलसतह केही समययता उच्च भएको छ।

कोशी परियोजनाका अनुसार बेलुकी ६ः१५ बजे एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन भएको छ। जलसतह बढेसँगै ब्यारेजका २१ ढोका खोलिएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले भारी सवारीसाधनलाई पालैपालो आवतजावत गर्न दिइएको जनाएको छ।

विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा समाहित हुने नदीहरूको बहाव बढेका कारण जलसतह उच्च भएको कोशी परियोजनाले उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *