प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूको सवाल–जवाफ
काठमाडौं, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग संसदीय सुनुवाइ समितिकाे बैठकमा आज सवाल जवाफ हुने भएकाे छ ।
बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना पेस गरेपछि आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्ने भएका हुन् ।
कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफ सकेपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।
सवाल जवाफका लागि समितिको बैठक आज बिहान ८ बजे बस्ने छ ।