प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं, १ असार । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो ।
बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार सवाल जवाफ भएको थियो ।
उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले गरेका सवालकाे जवाफ दिंदै कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए।
लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।
कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।