गोरखामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौं, ८ असार । गोरखाकाे शहीद लखन गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गाउँपालिकाकाे ५ नं वडा ताक्लुङबाट बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप शहीद लखन ३ चिलिङकोटमा गएराति दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको पुष्टी भएकाे तर मृतकको पहिचान हुन बाँकी रहेकाे छ ।
बेहुला पक्षका तीनवटा गाडी टीकाटालो गर्न गएकामा एक वटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ भने जिपमा १८/१९ जना यात्रु रहेकाे खुलेकाे छ ।
दुर्घटनास्थलमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएकाे प्रहरीले जनाएको छ ।