दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडाैं, ११ असार । नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आज यस दिन नेप्से परिसूच कभने ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.६६ अंक बढेकाे छ ।
यस दिन २७९ स्टकको ७३ हजार ९५८ पटकको कारोबारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ३.११ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.०८ प्रतिशत र निर्जीवन बीमाको ०.९७ प्रतिशत घटेको छ।
यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन लाइफ इन्स्योरेन्स, बिपिडब्लु लघुवित्त, सिटि होटल र सिभिल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यसैगरी, यस दिन माउन्टेन इनर्जी नेपाल, आशा लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सुपर मादी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड ५ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोल्टी होटलको २७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।