काठमाडौं महानगर कमिटीको फुटसल छनोट प्रतियोगिता
काठमाडौं, १९ असार । राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसीप गरिरहेको छ । यहि अन्तरगत काठमाडौं महानगर कमिटीले फुटसल छनोट प्रतियोगिता गरेको छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा काठमाडौं महानगरबाट १४ वडाको टिम विजेता भएको छ । संगठनका उपाध्यक्ष ,महासचिव ,सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, काठमाडौ जिल्ला कमिटी अध्यक्ष ,जिल्ला कमिटी सदस्य, नगर कमिटीका पदाधिकारी सदस्यलगायतको उपस्थितिमा सम्पन्न सो प्रतियोगितमा विजयी टिमलाई वडा–१४ का जनप्रतिनिधि नविन नकर्मी र युवा संघ महानगर कमिटीका अध्यक्ष दिपेश सुधाकारले हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको रकम १० हजार रहेको छ ।
काठमाडौं उपत्यका स्तरीय भ्याली फुटसल च्याम्पियनसीप यहि असार १४ गते देखि भएको छ । यो प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०–१० हजार दिइनेछ । प्रतियोगितामा काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहनेछ ।
उपत्यकाका २१ वटै स्थानीय तहमा आज देखि २२ गतेसम्ममा पालिका च्याम्पियनसिपका लागि आ–आफ्नो पालिकामा वडास्तरीय च्याम्पियनसिप खेलाइनेछ र पालिका च्याम्पियनहरुका बीचमा असार २३ गते भव्य समारोह बीच फाइनल खेल हुने राष्ट्रिय युवा संघले जनाएको छ।
पछिल्लो समय फुटबल र फुटसल प्रति आम युवाको बढ्दो आकर्षण र संघको रचनात्मक क्रियाकलाप गर्ने उद्देश्य ले विविध रचनात्मक क्रियाकलाप गर्दै आईरहेको संघका प्रवक्ता निरोज पौडेल ले जानकारी गराउनु भयो ।