सुन ताेलामा एकैदिन घट्यो ४ हजार आठ सय, चाँदी पनि सस्तियाे

काठमाडौं, २६ भदौ । शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला ४,८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु. ३,०१,००० तोकिएको छ, जुन अघिल्लो दिन रु. ३,०५,८०० थियो। यो साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला रु. ३,०७,४०० रहेको थियो, जसका आधारमा हेर्दा साताभरिमै सुनको मूल्यमा ठूलो गिरावट आएको देखिन्छ।

यसैगरी चाँदीको भाउ पनि आज तोलाको २५५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला रु. ४,८५५ रहेको चाँदी आज रु. ४,६०० मा झरेको छ। साताको पहिलो दिन आइतबार चाँदीको भाउ प्रतितोला रु. ४,७६५ रहेको थियो।