उत्तर कोरियाबाट रिहा भएका अमेरिकी विद्यार्थी वार्मवियरको मृत्यु
अमेरिका । उत्तर कोरियाले १५ महिनासम्म थुनामा राखेर अघिल्लो हप्ता रिहा गरेका अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको छ। उनी २२ वर्षका थिए।
उत्तर कोरियाली बन्दीगृहमा रहँदा पाएको यातनापूर्ण दुर्व्यवहारुका कारण वार्मबिएरले ज्यान गुमाएको उनको परिवारले आरोप लगाएको छ।
उत्तर कोरियालाई क्रुर शासन भन्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वार्मबिएरले त्यहाँ कठिन परिस्थितिको सामना गरेको प्रतिक्रिया दिएका छन्।
जेलबाट रिहा गरी अमेरिका पठाइने बेलामा वार्मबिएर कोमामा थिए र स्वदेश फर्कने बितित्कै उनलाई सिनसिनाटी नजिकैको अस्पतालमा भर्ना गरिएको थियो।
युनिभर्सिटी अफ सिनसिनाटीको मेडिकल सेन्टरमा उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई स्नायु प्रणालीसम्बन्धी गम्भीर किसिमको चोट लागेको बताएका छन्।