अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

काठमाडौं, २८ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भाेली नेपाल आउनुहुने भएकाे छ ।

जुलाई १४ मा लु नेपाल भ्रमणका लागि आउनुहुने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार जुलाई १४ मा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्नुहुने कार्यक्रम तय भएको छ ।