सिनामंगलकाे शंकास्पद वस्तु निष्कृय, शंकास्पद एक जना पक्राउ

काठमाडौं, ३ साउन । सिनामंगलकाे एक सुन पसल अगाडी भेटिएकाे शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।

नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार सो शंकास्पद वस्तु बम नभएर नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको जनाएकाे छ ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।

बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिनुभयाे ।

सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । सुन पसल नजिकैको होटलमा लुकेर उनलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।