क्वीन्टल सुन तस्करी प्रकरणका कारण फेरिए विमानस्थलका भन्सार प्रमुख

काठमाडौं, ९ साउन । क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख फेरेका छन् ।

मन्त्रालयले यसअघि भन्सार प्रमुखकाे जिम्मेवारी पाउनुभएका अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाइएको हो ।

राष्ट्रिय किताब खाना (निजामती) महानिर्देशकबाट भर्खरै अर्थमा सरुवा भएर आउनुभएकाे पाण्डेले मन्त्रालयबाट भन्सार प्रमुखको जिम्मेवारी पाउनुभएकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साता भन्सार जाँच पास भएर एक क्वीन्टल सुन बाहिरिएपछि सिनामंगलबाट राजश्व अनुसन्धान विभागले तस्करीकाे सुन बरामद गरेकाे थियाे ।

ठूलो परिमाणको सुन बरामदपछि भन्सारका कर्मचारीलगाएत अर्थमन्त्री र गृहमन्त्रीसमेतको आलोचना भइरहेको छ ।