नेकपा (एमाले) मुख्यालयदेखि पुष्पलालको जन्मथलो भँगेरीसम्म (भिडियो रिपोर्ट)

रामेछापं, १३, साउन । साउनको पहिलो हप्ताको शनिवारको आकाश केही खुलेको थियो । अनि खुलेको आकाशसँगै तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानसँगैको नेकपा (एमाले) मुख्यालयमा हसियाँ–हतौडा अंकित झण्डा फहराइरहेको थिए भने शनिवारको दिन भए पनि मुख्यालय परिसरमा कार्यकर्ताको भीड निकै बाक्लो थियो । त्यहि भीडमा हुनुहुन्थ्यो नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पनि ।

त्यहाँ उपस्थिति नेता–कार्यकर्तासँग महासचिव पोखरेलले केहीबेर भलाकुसारी गरेपछि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४५ औं स्मृति दिवस मनाउन पुष्पलालकै जन्मथलो रामेछाप जिल्लाको भँगेरीका लागि महासचिव शंकर पोखरेलसहितको टोली एमाले मुख्यालयबाट बाहिर निस्कियो । उहाँसहितको टोली मुख्यालयबाट बहिरिदैँ गर्दा मध्यान्हको घाम चन्द्रागिरी पहाडतिर आरोलो लाग्दै थियो ।

घाम पश्चिमतर्फबाट ओरालो झर्ने वेगमा थियो भने महासचिवसहितको टीमका गाडीहरु काठमाडौं उपत्यकालाई विदाई गर्दै बालकुमारी, कोटेश्वर, भक्तपुर, धुलिखेलबाट वीपी राजमार्गको बाटो समातेर पूर्वतर्फको यात्राको वेगमा थिए ।

भारतीय कम्युनिष्टहरुले किसान र मजदुर मिलेर कम्युनिष्ट आन्दोलन चलाउन सकिन्छ भन्दै दिएको सल्लाह र चीनमा कम्युनिष्ट पार्टी विजयोन्मुख रहेको अवस्थालाई निहालिरहनु भएका पुष्पलालले नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाका लागि अन्त्य गर्ने अठोटका साथ कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको इतिहास पढे पनि पुष्पलाल जन्मिएको माटो स्पर्श गर्ने अठोट अधुरो–अधुरो बन्दै आएको थियो ।

एमाले महासचिवसहित भँगेरीतिरको यात्राले त्यहाँको माटो छुने, स्पर्श गर्ने र पुष्पलाललाई सम्झने चाहनाहरु बर्खाको सुनकोशी र तामाकोशी जस्तै उर्लिरहेका थिए । त्यसैबैला धुलिखेलको ओरालो हुँदै भँगेरीका लागि दौडिरहेका महासचिव पोखरेलसहितको टिमका गाडीहरु काभ्रे जिल्लाको रोसी भिलेजतिर प्रवेश गरे । हामी पनि त्यहि ओर्लियौँ ।

एमाले महासचिवसहित भँगेरीतिरको यात्राले त्यहाँको माटो छुने, स्पर्श गर्ने र पुष्पलाललाई सम्झने चाहनाहरु बर्खाको सुनकोशी र तामाकोशी जस्तै उर्लिरहेका थिए । त्यसैबैला धुलिखेलको ओरालो हुँदै भँगेरीका लागि दौडिरहेका महासचिव पोखरेलसहितको टिमका गाडीहरु काभ्रे जिल्लाको रोसी भिलेजतिर प्रवेश गरे । हामी पनि त्यहि ओर्लियौँ

बागमती प्रदेशका पूर्वमन्त्री समेत रहनु भएका रामेछाप जिल्लाका पुराना कम्युनिष्ट नेता कैलाश ढुंगेलले रामेछापबाट काठमाडौंसम्म ओहोरदोहोर गर्दा चिया–खाजा खाने स्थल भएकाले यहि ठाउँमा महासचिवसहितको टोलीसँग चिया–खाजा खाने तयारी गर्नुभएको रहेछ ।

एमालेका नेता मात्रै होइन रोसी भिजेल कांग्रेसका नेताहरुको पनि ओहोर–दोहोर गर्दा चियाखाजा खाने ठाँउ यहि रहेछ भन्ने अनूभूति त्यतिबेला भयो जब रामेछापबाट वी.पी. कोइरालाको स्मृति दिवस मनाएर फर्किनु भएका कांग्रेसका नेता रमेश लेखकलगायतको टोलीसँग त्यहि टुप्लुक्क भेटभयो ।

त्यहि मौकामा एमाले महासचिव पोखरेल र कांग्रेस नेता लेखकले प्लाष्टिकका कुर्सीमा बसेर आत्मियभावसहित गरेको संवाद निकै रोमाञ्चक देखिन्थ्यो । केही बेर त्यहाँ दुई नेताबिच वीपी र पुष्पलालको सम्बन्धसँग जोडेर अहिलेको राजनीतिबारे पनि चर्चा भयो ।

पुष्पलाल २००३ साल चैतमा भारतको जोगमनीमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशनमा काठमाडौंबाट प्रतिनिधत्व गर्दै राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यालय बनारसमा कार्यालय सचिव बन्नुभएको थियो ।

पछि वि.पि कोइराला र डिल्लीरमणबिच अध्यक्षका लागि द्वन्द्व भएपछि पुष्पलालमा कम्युनिष्ट पार्टी स्थापनाको हुटहुटी जाग्यो र त्यहि पहलमा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको इतिहास भेटिन्छ । कम्युनिष्ट र कांग्रेस नेताको रोसी किनारको त्यो आत्मीय संवादले ती दिनहरुको इतिहासलाई पुनः स्मृति गराइदियो ।

त्यतिबेलासम्म रोसी वरीपरीका डाँडाँबाट घाम अलप भैसकेका थिए भने नजिकैको रोसी खोला आफ्नै बेगमा बगिरहेको थियो । मुलकोट पुग्दा गोधूलि भैसकेको थियो । हामीसँगै रहनु भएका रामेछापका नेता कुमार ढुंगेलले गुरुजीलाई मुलकोटबाट खुर्कोट होइन पखरबास हुँदै मन्थली जाने भनेपछि गुरुजीले पनि गाडीलाई मुलकोटबाट ओरालो झार्नुभयो ।

केही मिनेटमै हामी चढेको गाडी सिन्धुली र रामेछापका लागि सदियौँदेखि सीमा बनेर बगेको सुनकोशी नदीको पुलमाथि पुग्यो । त्यहाँ महासचिव पोखरेल, पोलिट्व्यूरो सदस्यहरु लालबाबु पण्डित, सुजिता शाक्य, केन्द्रीय सदस्य कैलाश ढुंगेल, केन्द्रीय सदस्य गिता कार्की, पूर्व सांसद शान्ता चौधरीलगायतको टोली आफ्नै वेगमा उर्लिरहेको सुनकोशीलाई पृष्ठभूमिमा राखेर सेल्फीमा रमाइरहेको थियो ।

केही मिनेटमै हामी चढेको गाडी सिन्धुली र रामेछापका लागि सदियौँदेखि सीमा बनेर बगेको सुनकोशी नदीको पुलमाथि पुग्यो । त्यहाँ महासचिव पोखरेल, पोलिट्व्यूरो सदस्यहरु लालबाबु पण्डित, सुजिता शाक्य, केन्द्रीय सदस्य कैलाश ढुंगेल, पूर्व सांसद शान्ता चौधरीलगायतको टोली आफ्नै वेगमा उर्लिरहेको सुनकोशीलाई पृष्ठभूमिमा राखेर सेल्फीमा रमाइरहेको थियो

हाम्रो गाडी पनि त्यहि रोकियो । त्यहाँ महासचिव पोखरेलले साथमै रहनुभएकी एमाले पोलिट्व्युरो सदस्य अर्थात उहाँकी धर्मपत्नी सुजिता शाक्यसँग रामेछाप र सिन्धुलीका डाँडाँ, पाखा, पखेरा र बस्तीहरुलाई पृष्ठभूमिमा राखेर पालैपालो सेल्फी खिच्नुभयो ।

त्यबिबेलासम्म रातले उछिनी सकेको थियो भने दिन पत्तै नपाई ढल्किसकेको थियो । हामी सुनकोशी तरेर रामेछापको सित्खाहुँदै भीरपानी, गोगनपानी, पकरवासलाई छिचोलेर ओरोलो झर्दै गर्दा तामाकोशीको फाँटमा रहेको मन्थली बजार आफ्नो तेज छाडेर चम्किरहेको अनुभूति हुन्थ्यो । हामी भतौरेखोलाबाट गाईखुराहुँदै तामाकोशी पुल तरेर मन्थलीमै रहेको एमाले पार्टी कार्यालयमा रामेछाप पुग्यौँ । त्यहाँ एमालेका सचिव पुरुषोतम कडरिया महासचिव पोखरेलसहितको टिमलाई स्वागत गर्न प्रतिक्षारत हुनुहुँदो रहेछ । उहाँको न्यान्यो स्वागतसहित रात्रिकालिनमा पनि उकुसमुकुस बनेको शरीरलाई केही शान्त बनाउन कडरियाकै आग्रहमा मन्थलीको एक–एक ग्लास लसी खाएपछि हामी पुरानो सदरमुकाम रामेछापतिर उकालो लाग्यौँ ।

भोलिपल्ट बिहानको कार्यक्रम भँगेरीमै गर्ने भएकाले पनि उहाँहरुले हामीलाई रामेछाप नै लैजाने तयारी गर्नुभएको रहेछ । हामी भँगेरी छिचोलेर रामेछाप पुग्दा रातको करीब ९ बजिसकेको रहेछ । त्यहाँ पुग्दा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका इञ्चार्ज गणेश पहाडी, एमाले जिल्ला कमिटी अध्यक्ष एवं बागमती प्रदेशका सांसद आनन्द श्रेष्ठलगायतले महासचिवसहितको टोलीलाई स्वागत गर्नुभयो । निकै थाकेको शरीरसहित त्यहाँको न्यानो आथित्यतालाई स्वीकार गर्दै हाम्रो यात्रामा सँगै रहनु भएका चेतन अधिकारी, गोपाल झापाली र सन्देश मुनीकार गर्मी मौसममा पनि रामेछापको चिसो खाँदै आनन्दले सुत्यौँ ।

भोलिपल्ट बिहानै हामी सुतेकै होटलको छतबाट पञ्चायकालमै आफ्नो सदरमुकाम लुटिएपछि केही कमजोर बनेको रामेछाप नियाल्ने रहर जाग्यो । बादलुको घुम्टो भित्र लुकेको ऐतिहासिक रामेछापले २०४५ सालको भूकम्पपछि सदरमुकामको अधिकार गुमाएर १४ किलोमिटर तलको मन्थलीलाई सुम्पिदिएको रहेछ । यद्यपि, अहिले पनि केही कार्यालयहरु र जिल्ला अस्पताल भने रामेछापमै रहेछन् ।

त्यसपछि महासचिव पोखरेलसहित हामी २०२० सालमा स्थापना भएको रामेछापको जिल्ला अस्पताल स्वास्थ्य कार्यालयको अनुगमनमा पुग्यौँ । महासचिव पोखरेलले अस्पताल परिसरमा धुपीको रुख रोख्नुभयो । केहीबेरको अनुगमनपछि महासचिव पोखरेले त्यहाँको आगन्तुक पुस्तिकामा आफ्ना भनाई लेख्नुभयो र अलिक तल अस्पतालकै विश्रामस्थलमा केहीबेर संवाद भयो ।

त्यसपछि महासचिव पोखरेलसहित हामी २०२० सालमा स्थापना भएको रामेछापको जिल्ला अस्पताल स्वास्थ्य कार्यालयको अनुगमनमा पुग्यौँ । महासचिव पोखरेलले अस्पताल परिसरमा धुपीको रुख रोख्नुभयो

ढुंगेलले त्यसैबेला २०६६ साल बैशाख १० गते रामेछाप नगरपालिकाको वडा नम्बर–८ को वादीपाखा सामूदायिक वन क्षेत्रमा लागेको आगलागी नियन्त्रणका क्रममा सहादत प्राप्त नेपाली सेनाको सम्झनामा बनाएको पार्कबारे जानकारी गराउनुभयो । त्यो कहालीलाग्दो घटनाको स्मरण गर्दै हाम्रो टोली त्यहाँबाट करीब २ किलोमिटर टाढाको भँगेरी यात्राका लागि अघि बढ्यो ।

अस्पतालबाट भँगेरीको यात्रा तय गर्दैगर्दा रामेछाप बजारमै रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले स्वागत गर्नुभयो । उहाँकै कार्यकक्षमा केहीबेर महासचिव र मेयरबिच संवाद भयो । संवादमा महासचिव पोखरेलले ऐतिहासिक व्यत्तित्वहरुलाई आधार मानेर उनीहरुलाई पनि स्थापित गर्दै विकासका लागि सिम्बोल बनाउन सबै राजनीतिक दल लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसबाट मेयर निर्वाचित लवश्रीले पनि ऐतिहासिक व्यक्तित्वहरुलाई राजनीतिक चश्माले मात्रै हेर्न नहुने भन्दै अलपत्र परेर बसेको पुष्पलालपार्कलाई पर्यटकीय क्षेत्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एमालेका महासचिव नै आफ्नो कार्यकक्षमा आएर संवाद गर्दा खुशी लागेको भन्दै उहाँले पुष्पलाल मार्ग र पार्क निर्माणसँगै सहरीकरणको ढोका खोल्न आफू आतुर रहेको भन्दै पार्क स्थानीयतहलाई हस्तान्तरणको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभयो ।

संवादमा सँगै रहनु भएका पूर्वमन्त्री ढुंगेलले आफू मन्त्री रहेका बेला प्रदेश सरकारको सहयोगमा ५० लाखमा कम्युनिष्ट पार्टी स्थापनका पाँच नेतासँगै गंगालाल र कृष्णलालको शालिक बनाएर काठमाडौंमा तयारी अवस्थामा रहेको भन्दै पूर्वाधारको अभावमा राख्न नसकेको गुनासो गर्नुभयो ।

त्यसपछि हामी भँगेरीतिर मोडियौँ । वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रुपमा जन्मिनु भएका पुष्पलाल कलिलो उमेरमै राजनीतिमा संलग्न हुनुभएको थियो ।

जिवित वामपन्थी नेताहरुका अनुसार पुष्पलालका दाजु गंगालालहरुलाई चितामा जलाउँदा पनि पुष्पलालले निक्कै क्रान्तिकारी र जोसिलो शैलीमा ‘म तपाईहरुको सपना पुरा गर्नेगरी काम गर्ने छु’ भनेर कसिलो मुठ्ठी उठाउनु भएको थियो रे । त्यहीबेलादेखि केही क्रान्तिकारी पुस्तकहरु अध्ययन गर्ने अवसर पाउनु भएका पुष्पलालको कम्युनिष्टतिर झुकाव बढेको रहेछ ।

२००७ र २०१७ पछिका आन्दोलन समेत नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले संयुक्तरुपमा मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने मान्यता राख्ने पुष्पलालले आफ्नो जीवनकाल भरी त्यो अधुरो सपना पूरा गर्न सक्नु भएन ।

२००७ र २०१७ पछिका आन्दोलन समेत नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले संयुक्तरुपमा मिलेर संयुक्त जनआन्दोलन गर्नुपर्छ भन्ने मान्यता राख्ने पुष्पलालले आफ्नो जीवनकाल भरी त्यो अधुरो सपना पूरा गर्न सक्नु भएन ।

त्यति मात्रै होइन सामन्ती राजतन्त्रको समूल उन्मुलन गरी लोकजनवाद र गणतन्त्र स्थापना गर्ने उद्घोषसहित कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल गणतन्त्रका प्रथम उद्घोषक पनि हुनुहुन्छ । कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा उल्था गरेर चमत्कारिक काम गर्नुभएका पुष्पलालाई ऐतिहासिक भौतिकवादी चिन्तक, लेखक र गहन अध्ययताका साथै दूरदर्शी नेताका रुपमा चिन्ने गरिन्छ ।

हो, तिनै नेताको जन्मथलोको माटोमा पहिलो पटक स्पर्श गर्न पाउँदा मन पुलकित थियो । पुष्पलालका पदचाप पछ्याउँदै आउनु भएका महासचिव पोखरेल पनि पुष्पलाल जन्मिएको माटोमा स्पर्श गर्दै गर्दा निकै उत्साहित देखिनुहुन्थ्यो । उहाँसँगै काठमाडौंबाट पुष्पलाल स्मृति दिवसकै अवसरमा उहाँ जन्मिएको माटो टेक्ने मनभरीका इच्छा बोकेर भँगेरी पुगेका सबैको मुहारमा पनि विचित्र खालको उत्साह छाएको देखिन्थ्यो ।

पुष्पलाल जन्मिएको भग्नावशेष घरलाई देव्रे पारेर ५६ रोपनी क्षेत्रफलमा फैलिएको पुष्पलाल पार्क छिर्दै गर्दा त्यहाँ मौसम अनुसारका फलफुहरु फलिरहेका थिए, फुलिरहेका थिए ।

ती दृष्यहरु कैद गर्दै गर्दा आम जनतालाई पूर्ण स्वतन्त्रता दिने प्रजातन्त्र र मौलिक आर्थिक अधिकारहरुको प्रत्याभूति दिने गरी बालिग मताधिकारको आधारमा संविधान बनाउने अठोटसहित कम्युनिष्ट घोषणापत्रका आधारमा कम्युनिष्ट पार्टी स्थापनापछि पुष्पलालले खेपेका हण्डरका इतिहासहरु मानसपटलमा पुनः गुञ्जिए ।

पुष्पलाललाई संयुक्त जनआन्दोलनका बैचारिक प्रणेताका रुपमा पनि चिनिन्छ । हो, पुष्पलाल १९९८ सलादेखि नै वाम–लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनु भएको थियो । त्यसैलै पनि उहाँमा नेपाली कांग्रेस, कम्युनिष्ट र अन्य उदयमान शक्ति समेत मिलेर अघि बढे मात्रै सफल हुन सकिन्छ भन्ने आत्मविश्वास थियो ।

२००७ सालको आन्दोलनमा पनि पुष्पलालले कांग्रेससँग त्यहि प्रस्ताव राख्नु भएको थियो रे । तर, विपि कोइराला कांग्रेसको नेतृत्वमा रहुन्जेल पुष्पलालको त्यो प्रस्ताव सदैँव उपेक्षित हुँदै आयो ।

पुष्पलालको प्रस्तावलाई कांग्रेसले उपेक्षा गर्दा पञ्चायती व्यवस्थाले झण्डै तीस वर्ष जति राजनीतिक दल र जनतामाथि निरंकुश शासन लादेको इतिहास पनि पुष्पलाल जन्मिएको माटोमा स्पर्श गर्दा उथलपुथल बनेर आए ।

पुष्पलालको प्रस्तावलाई कांग्रेसले उपेक्षा गर्दा पञ्चायती व्यवस्थाले झण्डै तीस वर्ष जति राजनीतिक दल र जनतामाथि निरंकुश शासन लादेको इतिहास पनि पुष्पलाल जन्मिएको माटोमा स्पर्श गर्दा उथलपुथल बनेर आए ।

रामेछाप पार्टीको संयोजनमा एमाले केन्द्रीय कार्यालयले ४५ औं स्मृति दिवस पुष्पलालको भग्नावशेष घरकै आगनमा आयोजना गरेको रहेछ । त्यसअघि पार्क परिसरमै महासचिव पोखरेलले स्याउको विरुवा रोप्नुभयो । कार्यक्रम स्थलमा महासचिव पोखरेलसहितका नेताले पालैपालो माल्यापर्ण गर्दै पुष्पलालको सम्झना गरे ।
त्यहि आँगनमा पञ्चायती व्यवस्थाका विरुद्धमा क्रान्तिकारी जुझारु युवाको भूमिका खेल्नुभएका आनन्दराम श्रेष्ठ, केशरी श्रेष्ठ र नरबहादुर हायूलाई सम्मान कार्यक्रमको आयोजना गरिएको रहेछ ।

पुष्पलालसँग आक्कल–झुक्कल भेटघाट भएका आनन्दराम आफ्नै माटोमा पार्टीले गरेको सम्मानबाट निकै उत्साहित हुनुहुन्थ्यो । उहाँसँग हामीले पुष्पलालको भग्नावशेष घरमा प्लास्टिकको कुर्सीमा राखेर केही कुराकानी गर्यौ । कार्यक्रममा महासचिव पोखरेलले पनि पुष्पलालको योगदानबारे खुलेर चर्चा गर्नुभयो । महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल राष्ट्रिय विभूति भएको भन्दै समग्र रामेछापको विकासका लागि उहाँको जन्मथलो भंगेरीको विकासमा दलगत स्वार्थ भन्दा माथि उठ्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले रामेछाप तीनलाल अर्थात पुष्पलाल, गंगालाल र सुब्बा कृणलालको जन्मथलो भएको भन्दै तीनै जनाले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको स्मरण गराउनुभयो । पुष्पलालको सम्झना गर्दै महासचिव पोखरेल राजनीतिक इतिहासमा पहिलो दल गठन गरेर अघि बढ्ने सन्दर्भमा पुष्पलालले प्रजातान्त्रिक राष्ट्रिय काङ्ग्रेसको कार्यालय सचिव भएर काम गरेको पनि स्मरण पनि गराउनुभयो । उहाँले विभुति कुनै पार्टीका नहुने भन्दै रामेछापलाई जीवन्त नगरपालिका बनाउन र यो ठाउँलाई राजनीति पर्यटनको विकास गर्न पनि सबै राजनीतिक दलको सहयोग आवश्यक हुने बताउनुभयो ।

पुष्पलालको जन्मस्थलको माटोमा उभिएर महासचिव पोखरेलले आर्थिक सामाजिक परिवर्तनको दिशातर्फ सबै मिलेर अघि बढौँ र यसमा सबै प्रतिबद्द बनौं भन्नुभयो । जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पुष्पलालको सम्मानमा त्यहाँको विकास र समृद्धि आवश्यक भएको भन्दै त्यहाँको विकासमा दलगत चश्माबाट हेर्नु नहुनेमा जोड दिनुभयो । रामेछाप जिल्ला इञ्चार्ज गणेश पहाडी, केन्द्रीय सदस्य कैलाश ढुंगेलले, केन्द्रीय सदस्य माधव ढुंगेल, एमाले जिल्ला कमिटी सचिव पुरुषोतम कडरिया, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पनि पुष्पलालको सम्झना गर्नुभयो ।

पुष्पलालको जन्मस्थलको माटोमा उभिएर महासचिव पोखरेलले आर्थिक सामाजिक परिवर्तनको दिशातर्फ सबै मिलेर अघि बढौँ र यसमा सबै प्रतिबद्द बनौं भन्नुभयो

पुष्पलाल जन्मिएको माटो भँगेरीको कार्यक्रम सकेर मन्थलीको तीनलाल पार्कमा आयोजना गरिएको कार्यक्रममा झर्दै गर्दा पुष्पलाललाई विरामले चाप्दै लगेपछि २०३५ सालमा पुष्पलाललाई उपचारका लागि दिल्ली लगेको, त्यति बेला नेपाली काँग्रेसका नेता गशेणमान सिंहको दिल्लीकै सुविधासम्पन्न अस्पतालमा निक्कै महंगो उपचार भइरहेको, गणेशमानको सुविधा सम्पन्न अस्पतालमा विशिष्ट कक्षमा राखेर उपचार भैरहेको अवस्थामा पुष्पलालले भने सामान्य अस्पतालको पनि सामान्य वार्डमा बसेर उपाचार गराउनु भएको इतिहास मानसपटलमा उथलपुथल बनिरहर्यो । पुष्पलाललाई विशेष वार्डमा जान धेरैले सल्लाह दिएका थिए रे । तत्कालिन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले समेत नेपालका दुई नेतामा उपचारमा भेद नहोस भनेर उहाँलाई विशेष वार्डमा लैजान अस्पताललाई निर्देशन नै दिएका थिए रे ।

तर, उहाँले प्रधानमन्त्री चन्द्रशेखरको आग्रहलाई समेत अस्वीकार गर्नुभएको इतिहास पनि भँगेरीबाट तल झर्दै गर्दा उर्लिरहेको तामाकोशी जस्तो मनमा उर्लिरहे । अरु बेला पनि निक्कै साधा पहिरनमा हिड्ने र खानपिन पनि सरल खालकै खाने पुष्पलालले त्यति बेला पनि पार्टी वा आफ्नो नाममा विदेशी सहयोग लिन नमान्नु भएको इतिहास स्मरण भयो ।

२००६ सालमा पुष्पलालकै नेतृत्वमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोषसहित स्थापना भएको कम्युनिष्ट पार्टीले अहिले आफ्नो स्थापनाको ७४ वर्ष पूरा गरेको छ । दुई दिनको रामेछाप बसाईपछि महासचिवसहितको टोली काठमाडौं फर्किदैँ गर्दा कम्युनिष्ट पार्टीले पनि आफूलाई पुष्पलालको पदचाप पच्छ्याउने हो भने केही सुधार गनुपर्छ कि भन्ने कुतुहल मनमा खेलिरहे । हामी पुष्पलालको स्मृतिहरु मनभरी संगालेर फर्किदै गर्दा मन्थलीको आडमै बगिरहेको तामाकोशी आफ्नै बेगमा उर्लिरहेको थियो ।