यस पटकको ओलम्पिकमा ब्राजिलले ४६ अर्ब डलर खर्च गर्ने

olampic
ब्राजिल । ब्राजिलमा गृष्मकालीन ओलम्पिकको ३१ औँ संस्करण सुरु हुँदैछ । यसका लागि ब्राजिल सरकारले ४६ अर्ब डलरको बजेट छुट्याएको छ ।
यही अगस्त ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकमा विश्वभरका २०७ राष्ट्रका दस हजारभन्दा बढी खेलाडी प्रतिस्पर्धाका लागि आउनेछन् । त्यहाँ फुटबलसहित २८ खेलअन्तर्गत ३०६ इभेन्ट्समा स्पर्धा हुनेछ । सो स्पर्धाका लागि भिड्न नेपालले सात खेलाडी पाँच खेलका लागि तयार पारेको छ ।

साउन १७ गते ।