स्तनपान नगराउँदा ७७ लाख नवजात शिशु मृत्युको जोखिममा
काठमाडौ । जन्मेको पहिलो घण्टाभित्रै आमाले आफ्नो शिशुलाई स्तनपान नगराउँदा विश्वका झण्डै ७७ लाख नवजात शिशु मृत्युको जोखिममा पर्ने युनिसेफले जनाएको छ ।
स्तनपान नगराउँदा शिशुहरु आवश्यक पोषण तथा एन्टीबायोटिक्सबाट बञ्चित हुनाले मृत्युको जोखिम बढ्ने युनिसेफको ठहर छ ।
जन्मेको दुई घण्टादेखि २३ घण्टाभित्रमै शिशुुलाई स्तनपान गराउन ढिला गरेमा उनीहरुमा मृत्युको जोखिम पहिलो २८ दिनमा ४० प्रतिशतले बढेर जाने छ । त्यसैगरी २४ घण्टा वा सोभन्दा बढी ढिलाई गरे उक्त जोखिम ८० प्रतिशतले बढ्छ ।
प्रारम्भिक स्तनपानले जीवन र मरणमा फरकपन ल्याउन सक्छ’, युनिसेफका सिनियर न्युट्रिसनिष्ट सल्लाहकार फान्स्र बेगिङ्गले विज्ञप्तीमार्फत भनेका छन्, ‘यदी सबै शिशुलाई जन्मिएदेखि छ महिनाको नहुँदासम्म सिर्फ स्तनपान मात्र गराउन सकिएपनि वार्षिक ८० हजारभन्दा बढीको ज्यान बचाउन सकिन्थ्यो ।’
आमाको दूध शिशुको पहिलो खोप हो, यसले शिशुलाई रोग तथा रोग विरुद्ध बचाउन प्रभावकारी भूमिका खेल्छ । शिशुलाई आमाको छातीमा राख्नाले मात्र पनि उनीहरुलाई आवश्यक पोषण तथा एन्टीबायोटिक प्रदान हुनका साथै शिशु र आमाबीचको छालाको स्पर्शले मात्र पनि शिशुलाई विभिन्न रोग लाग्नबाट जोगाउँछ ।
साउन १८ गते ।