प्रचण्ड सरकारमा काँग्रेसको नेतृत्व निधिले गर्ने

maitrinews

nidhi

काठमाडौँ । नेपाली काँग्रेसले प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारमा नेता विमलेन्द निधिको नेतृत्वमा टोली पठाउने भएको छ । यसअघि नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा टोली पठाउने तयारी भए पनि अन्तिम समयमा सिटौलाले अनिच्छा जनाउनुभएपछि निधिलाई सरकारमा पठाउने तयारी गरिएको हो ।
ओली सरकारका विरुद्ध मधेसी गठबन्धनलाई उचाल्न महत्वपूर्ण भूमिका खेल्नु भएका र अहिलेको नयाँ गठबन्धन बनाउन काँग्रेसका तर्फबाट प्रयास गर्नुभएका निधिलाई उपप्रधानमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
नयाँ गठबन्धनमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको भूमिका भने कमजोर हुने भएको छ । उहाँले प्रस्ताव गर्नुभएका सदस्यहरु भने गठबन्धन सरकारमा कम पर्ने भएका छन् ।