प्रचण्ड प्रम बनेको पाँच मिनेटमै मोदीको शुभकामना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको पाँच मिनेटभित्रैमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । उहाँको बधाई तथा शुभकामनालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतकै डिजाइनमा आन्दोलनरत मधेसी गठबन्धनलाई सहमत गराई संसद्मा ल्याई प्रचण्डको पक्षमा मतदान गराइएको हो भनी सर्वत्र चर्चा परिचर्चा भइरहेका बेला प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको पाँच मिनेटभित्रै मोदीको शुभकामना आउनुले यसलाई पुष्टि गरेको छ । मोदीको शुभकामनाभित्र के कस्ता माग लुकेका छन् , प्रचण्डले नेपालको हित विपरीत ती माग पूरा गर्नुहुन्छ कि हुँदैन ? आशंका बढ्न थालेको छ ।
साउन १९ गते ।