कस्मेटिक गोदाममा आगलागी

रत्ननगर (चितवन), २० साउन । चितवनको भरतपुरस्थित एक कस्मेटिक गोदाममा आज आगलागी भएको छ ।

आज साँझ करिब ६ः३० बजेको समयमा विद्युत् चुहावट भई मल्ल इन्टरप्राइजेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागी भएको जानकारी आउनेबित्तिकै भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएको थियो । आगलागीबाट करिब रु दुई लाखभन्दा बढीको कस्मेटिकका सामग्री जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ । रासस