एडीबीको अध्यक्षमा पुनः नाकोआ

maitrinews

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को अध्यक्षमा तकेहिको नाकोआ पुन नियुक्त भएका छन् ।
एडीबीको वोर्ड अफ गर्भनर्सले सर्वसम्मत रुपमा उनलाई अर्को ५ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । एडीबीमा आउनुअघि उनी जापानको अर्थ मन्त्रालयमा बरिष्ठ अधिकारीको रुपमा कार्यरत थिए ।
उनले एडीबीको ऋण लगानी क्षमता २० अर्ब डलर पुर्याउने लक्ष्य लिएको छ । एडिवीले मध्यकालीन पुनरमूल्यांकन रणनीति २०२० लाई प्राथमिकतामा राखेर ऋण लगानी बढाउने भएको छ ।