रियो ओलम्पिकः गौरिकाको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, २३ साउन । रियो ओलम्पिककी नेपाली कान्छी खेलाडी १३ वर्षीया गौरिका सिंहले रियो ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।
हिजो सम्पन्न पौडीको १०० मि ‘व्याक स्ट्रोप’ तर्फ उनी प्रथम भएकी छिन् । उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो भएकी हुन् । उनले १ दशमलव ८।४५ सेकेन्डमा उक्त दूरी पार गरेकी हुन् । रासस