मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, आरजुलाई परराष्ट्रमन्त्री बनाउन दबाब

deuba-dahal

काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र दुवैमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री छान्न कठिन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे पनि विस्तार गर्न सक्नुभएको छैन ।
नेकपा माओवदी केन्द्रको सचिवालय बैठकले पार्टीको तर्फबाट बन्ने मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउन अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । माओवादी केन्द्रले नयाँ मन्त्रीहरूमा हितराज पाण्डेले स्थानीय विकास, सुरेन्द्र ९राम० कार्कीले सूचना तथा सञ्चार, जनार्दन शर्माले ऊर्जा, धनीराम ९डिआर० पौडेलले शिक्षा र प्रभु शाहले कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी दिन सिफारिश गरेको छ । । यद्यपि यसको अन्तिम निर्णय गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ । ती नाममा पनि केहीको असन्तुष्टि रहेको छ ।
नेपाली काँग्रेसले आफ्नो विद्यार्थी सङ्गठन नेविसङ्घको महाधिवेशन सकेपछि सँगै मन्त्रिपरिषदमा सदस्य थप्न आग्रह गरेको थियो । नेविसङ्घको महाधिवेशन लम्बिएको कारण काँग्रेसले तत्काल आफ्नो पार्टीको तर्फबाट पठाउने मन्त्रीहरू टुंगो लगाउन सकेको छैन ।
प्रस्तावित सबै नामहरूलाई नै अध्यक्ष प्रचण्डले अन्तिम टुङ्गो लगाएमा यसपटक माओवादी केन्द्रबाट महिला मन्त्री नबन्ने देखिएको छ । पार्टीभित्र यसबारे आलोचना सुरु भएको छ ।
उता सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मन्त्रीको नाम चयन गर्न निकै सकस परेको छ । उहाँले आफ्नी पत्नी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाउन चाहनुभएको छ । यो विषयमा काँग्रेसभित्रमात्र होइन माओवादीले पनि तीव्र असन्तुष्टि जनाएको छ । तर पनि उहाँ भने आरजुलाई परराष्ट्रमन्त्री बनाएर छाड्ने अडानमा हुनभएको देउवा निकट सूत्रले जनाएको छ ।

साउन २७ गते ।