केपी ओलीले राष्ट्रवादी काम गर्नुभयो— नेपाल

maitrinews

nepal ph

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि सबै दलको दृढता र लचकताको संयोजन आवश्यक भएको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्ले राजधानीमा आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयन’ विषयक अन्तरक्रियामा बोल्दै यस्तो बताउनुभएको हो । ‘संविधान कार्यान्वयन गर्नका लागि कम्तीमा पनि कांग्रेस, एमाले र माओवादीबीच संविधान कार्यान्वयन गर्ने दृढता र केही लचकता आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि प्रधानमन्त्री प्रचण्डजीको पनि दृढता चाहिन्छ ।’
नेपालले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा एमाले प्रतिपक्षीमा रहेर पनि सकारात्मक भूमिका खेल्ने बताउनुभयो । ‘प्रचण्डजीको अडानप्रति मलाई विश्वास छैन, उहाँ अडानमा अपरिपक्क व्यक्ति हो,’ उहाँले परिपक्क भएर संविधान कार्यान्वयन गर्ने प्रष्ट अडान ल्याए एमाले सँधै सहयोग गर्न तयार छ । प्रचण्ड बचनमा नअड्ने व्यक्ति भएको भन्दै नेपालले सरकारले राम्रो काम गरोस् भन्ने शुभकामना पनि दिनुभयो ।
केपी ओलीले राष्ट्रवादी काम गर्नुभयो
कार्यक्रममा बोल्दै नेपालले फाष्ट्रट्याक स्वदेशी लगानीमा निर्माण गर्ने, निजगढ विमानस्थल निर्माण गर्ने जस्ता सरकारात्मक कामको थालनी केपी ओली नेतृत्वको सरकारका पालामा भएको भन्दै त्यसलाई निरन्तरता दिन प्रचण्ड नेतृत्वको सरकारलाई सुझाव दिनुभयो । ‘फाष्ट्र ट्याकमा धेरे ब्रह्लुट गर्ने प्रयास भएको थियो,’ नेपालले भन्नुभयो, ‘एमाले नेतृत्वको सरकाले त्यहाँ सकारात्मकतको थालनी गर्ने प्रयास गरेछ छ । प्रचण्ड नेतृत्वको सरकारले त्यसलाई निरन्तरता दिन सकोस् ।’
छिमेकलाई सुरक्षा बाहेको चासो गर्ने अधिकार छैन
नेपालले कार्यक्रममा बोल्दै छिमेकी मुलुक भारतले नेपालप्रति अनावश्यक चासो देखाएको भन्दै सुरक्षा बाहेकका अरु कुरामा चासो नदेखाउन आग्रह गर्नुभयो । ‘सुरक्षाको चिन्ता भारतसँग पनि जोडिएको छ,’ नेपालले भन्नुभयो, ‘त्यो बाहेकका कुरा नेपाल आफैले निर्णय गर्ने हो, सबै कुरामा चासो राख्न आबश्यक छैन ।’
नेपालले नेपालले व्यापार गर्नेलगायतका सन्र्दभमा जहाँ सहज हुन्छ त्यहि गर्ने पनि दाबी गर्नुभयो ।

कांग्रेस–एमालेबीचको एकताले मात्र संविधान कार्यान्वयन

नेपालले कम्तीमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति भए मात्र संविधान कार्यान्वयन हुने दाबी गर्नुभयो । ‘अहिले पहिलो र दोस्रो ठूलो दल मिल्नु हुँदैन, एउटा दल अनिवार्य विपक्षमा बस्नुपर्छ भन्ने हल्ला गरिएको छ,’ नेपालले भन्नुभयो, ‘संविधान कार्यान्वय गर्ने हो भने कम्तीमा पनि यी दुई दलबीच सहमति हुनुपर्छ । सँगै माओवादी र मधेसवादी दललाई पनि लिएर अघि बढ्नुपर्छ ।’
रात रहे अग्राख पलाए
विगतमा पहिलो संविधान विघटन भएको स्मरण गराउँदै नेपालले भन्नुभयो– ‘रात रहे अग्राख पलाए, अब त्यस्तो हुँदैन सबै दल मिलेर संविधान कार्यान्वयनको चरणमा लाग्नुपर्छ ।’ नेपालले ०४७ सालको संविधान संवैधानिक राजतन्त्र रहने बाहेक अरु सबै राम्रो भएको पनि दाबी गर्नुभयो । उहाँले सम्वोधनका क्रममा एमालेले त्यसैबेला राजालाई साइकलमा हिड्ने राजाका रुपमा मात्र राख्ने अधिकार दिनुपर्छ भनेर आवाज उठाएको पनि स्मरण गराउनुभयो ।

सरकार परिवर्तन होइन, संस्कार परिवर्तन आवश्यकः केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबै दलको ध्यान सरकार परिवर्तनमा केन्द्रित भएको भन्दै त्यसको आलोचना गर्नुभयो । ‘अहिले सरकार परिवर्तन होइन, संस्कार परिवर्तन, नीति परिपर्तन होइन नियत परिवर्तनको आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले दलहरु गम्भीर भएनन् भने संविधान कार्यान्वयन नहुने खतरा छ ।’

संविधान सहमतिको दस्तावेजः गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संविधान सहमतिको दस्तावेज भएको भन्दै नेकपा एमालेलाई बारिह राखेर संविधान कार्यान्वयन गर्न नसकिने दाबी गर्नुभयो । ‘संविधान सहमतिको दस्तावजे हो,’ उनले भने, ‘त्यसैले कम्तीमा पनि ठूला दल कांग्रेस, एमाले माओवादी र मधेसवादी दलबीच सहमति हुनुपर्छ नभए संविधान कार्यान्वयनमा समस्या आउँछ ।’ उहाँले एमाले अहिले तत्काल सहमतिमा आउने संभावना न्यून भएको भन्दै केही समयपछि सबै दलबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका केन्द्रीय सदस्य टंक कार्की, बुद्धीजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटा लगायतले पनि आफ्ना भनाइ राख्नुभयो ।
साउन ३० गते ।