क्याविनेट मन्त्री नबनाएकोमा महिला सांसद रुष्ट,यो शुभ लक्षण होइन, अब म प्रचण्डको सरकारमा जान्नँ : प्रभु शाह

 

prabhu-shah
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा माओवादीका महिला सांसदमध्येबाट क्याविनेट मन्त्री नबनाउनुभएकोमा कडा आपत्ति जनाइएको छ । मन्त्रिपरिषद् विस्तारप्रति मधेसी नेताहरु पनि असन्तुष्ट बनेका छन् । माओवादी हेडक्वार्टरले तयार पारेको मन्त्री सूचीमा नेता प्रभु साहको पनि नाम थियो । तर आइतबारको मन्त्रिपरिषद् बिस्तारमा उहाँ पर्नुभएन । उहाँ किन पर्नु भएन त? शाह भन्नुहुन्छ , म मन्त्री बन्ने चर्चा पार्टीमा कसले सुरु गर्‍यो, थाहा भएन । मसँगै बरु सल्लाह गरेको भए हुन्थ्यो । अध्यक्षले भेटेर ‘तपाईंको अपेक्षा के छ’ भनी सोध्दा पनि मैले अरु कुरा राखिनँ । ‘तपाईंले फेरि देशको नेतृत्व गर्ने मौका पाउनुभएको छ, यो अप्ठेरो समयमा जोखिम मोल्न लाग्नुभएकाले म निशर्त सहयोग गर्छु’ भनें । मनमा शंका भने थियो– अध्यक्ष प्रचण्डले देशको निकास र संविधानको कार्यान्वयनका लागि जोखिम मोल्नुभएको हो कि प्रधानमन्त्री बन्नका लागि चलाखीमात्रै । आजको मन्त्रिपरिषद् बिस्तार हेरेपछि थाहा भयो, यो शुभ लक्षण होइन । त्यसैले म नगएको ।
यो देशको चिन्ताभन्दा पनि गुटवाद र झुन्डको व्यवस्थापन गर्ने किसिमबाट गयो । सबैलाई थाहा छ, म प्रचण्डसग निरन्तर फरक मत अनि असहमति राख्दै भए पनि पार्टी पद्दतिमा विश्वास गर्दै आएको मानिस हुँ । तर यहाँ असहमति राख्नेलाई विश्वास गर्ने परिपाटी बनिसकेको रहेनछ ।

अनौपचारिक कुराकानीका क्रममा मेरो भूमिका के हुन सक्छ भन्ने बारेमा कुराकानी भएकै थियो । संविधान निर्माणदेखि नै संघीयताको माग सम्बोधन भएन भन्ने मधेसी समुदायको गुनासो छदैछ । म मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने पार्टीको नेता भएका कारणले पनि मधेसलाई चित्त बुझाउने गरी प्रभावकारी संवाद गर्ने, स्थानीय चुनाव सफल पार्ने वातावरण बनाउने अवस्था बन्ने थियो । त्यो जिम्मेवारी नपाउने भएपछि अरु पदमा गएर केवल मन्त्रीका लागि मन्त्री बन्नुभन्दा बरु म समितिमै सभापति छदैछु । यहीबाट पनि योगदान गर्न सक्छु भनेर गइन ।

को कुन मन्त्री बन्ने भन्दा पनि निर्णय प्रक्रियामा समग्र देशको चिन्ता झल्कन्छ कि झल्किन्न भन्ने कुरा मुख्य हो । केपी ओलीको सरकारमा सामेल हुँदा त मन्त्री बन्नेबारे नसोचेको मैले अहिले उत्साहित हुनुका पछाडि यो राजनीतिक समस्या समाधान गर्नमा सार्थक भूमिकाको खोजी मुख्य थियो, त्यो परिस्थिति नबेनेपछि फोटो झुण्ड्याउन मात्रै किन मन्त्री बन्ने ?
म यो क्याबिनेटमा जान्नँ । देशभन्दा गुट प्राथमिक बन्ने अवस्थामा मैले गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ ।
साउन ३० गते ।