एकसय चारजना ‘स्क्रब टाइफर्स’ सङ्क्रमण

maitrinews

रत्ननगर (चितवन)। चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा गरिएको परीक्षणमा १०४ जनामा सङ्क्रमण भएको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा बढी सङ्क्रमण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले यसअघि ६७ जनामा सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । चितवनमा सोही मेडिकल कलेजमा मात्रै रोगको परीक्षण हुँदै आएको छ । केही दिनअघि किट सकिएकाले उपचारमा समस्या भए पनि अहिले भने किट आइपुगेको डा लम्सालले जानकारी दिनुभयो ।

प्रकोप फैलिंँदै गएको भए पनि यहाँको भरतपुर अस्पताल र भरतपुर मेडिकल कलेजमा किट ल्याएर परीक्षण हुनसकेको छैन ।

जिल्लामा २०७३ साल वैशाखपछि अहिलेसम्म उक्त रोगको अवस्था र सङ्क्रमणको बारेमा आज पहिलोपटक जनस्वास्थ्य कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा उक्त रोगका कारण एकजना महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।