काँग्रेसमा भागबन्डा, देउवाका ८ र पौडेलका ५ जना मन्त्री बन्ने,मन्त्रालयको भने अझै टुंगो लागेन

maitrinews

nepali-congress-flag
काठमाडौँ । केही दिनको चर्को विवादपछि सत्तारुढ कांग्रेसको मन्त्री विवाद टुंगिएको छ । पार्टी सभापति देउवा निवासमा बसेको बैठकले संस्थापन पक्षबाट ८ र पौडेल पक्षबाट ५ जनालाई मन्त्री बनाउने टुंगो लगाएपछि विवाद तत्काललाई समाधान भएको हो ।
संस्थापन र पौडेल पक्षबाट मन्त्रीको संख्या टुंगो लागे पनि कसलाई कुन मन्त्रालय दिने भन्ने बिषय टुंगो लागेको छैन । कसलाई कुन मन्त्रालय दिने भन्ने बिषयमा टुंगो लगाउन आजै पौडेल निवासमा नेताहरु भेला भएर छलफल गर्ने केन्द्रिय सदस्य नविन्द्रराज जोशीले जानकारी दिनुभयो ।

पार्टीको आन्तरिक विवादका कारण कांग्रेसले मन्त्री छान्न नसकेपछि आज गर्ने भनिएको मन्त्रिपरिषद्को विस्तार पनि रोकिएको छ । कांग्रेसबाट मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्भवतः भोलि शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्नुहुनेछ ।

कांग्रेस सभापति देउवा उपचारको लागि शुक्रबारै सिंगापुर जाने कार्यक्रम तय भएको छ ।

भदौ ९ गते ।