लगनको शिलखाना दरबार भत्किएर जन–धनको क्षति हुने चिन्ता

काठमाडौ। नेपालमा प्रथम प्रधानमन्त्री भीमसेन थापाका कान्छा भाइ रणवीर सिंह थापाको काठमाडौ लगन टोलस्थित दरबार कतिबेल ढलेर जन–धनको क्षति हुने त्यो चिन्ताको विषय बन्न थालेको छ।
गत बर्षको बैशाख १२ र २९ गते आएको विनाशकारी महाभूकम्पले क्षतविक्षत बनाएको लगनको यो ऐतिहासिक दरबारको पूर्नरनिर्माणको सन्दर्भमा कुनै सरकारी चासो नभएकोमा स्थानियहरु बढी चिन्तित देखिएका छन्। महाभूकम्प गएको १६ महिना वितिसक्दा पनि यस दरबारको बारेमा केही नसोचिएको र कतिखेर पूरै दरबार भत्किएर जन–धनको क्षति हुने हो कि भन्ने स्थानियलाई त्रास बढ्ेको छ।
काठमाडौ महानगरपालिका वडा नंबर २१ लगनमा शिलखाना नामले समेत प्रसिद्ध यस दरबारलाई भूकम्पले क्षतिग्रस्त बनाएपछि दरबारभित्र रहेका केही मूर्ति तथा भित्तेचित्रहरु छाउनी स्थित संग्रहालयमा सारिएको छ। यस दरबारमा नेपालको पहिलो मिति उल्लेख भएको विश्वरुपको भित्तेचित्र तथा लिच्छवीकालिन बौद्ध चैत्य समेत रहेको बताइन्छ। सरकारी उदासिनताका कारण ऐतिहासिक महत्वको यस दरबारको संरक्षण हुन सकेको देखिदैन।
भूकम्प पछि दरबार भत्किएपछिका काठपात तथा अन्य महत्वपूर्ण सामग्रीहरु दरबार बाहिरको खुल्ला स्थानमा अलपत्र अवस्थामा राखिएको छ। जुन कुनैपनि बेला चोरी हुनसक्ने संभावना देखिएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २० गते सोमवार ।