शत्रुघन सिन्हाले पाएमा नेपाली फिल्म खेल्ने

maitrinews

Satrughan Sinha
काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा मंगलवार नेपाल आएका छन्। काठमाडौमा बुधवार हुन गैरहेको एलजी फिल्म अवार्ड वितरण समारोहमा सहभागिता जनाउन नेपाल आएका अभिनेता सिन्हाले नेपाल आफूलाई नौलो नलागेको बताएका छन्।

धेरै पल्ट नेपाल आएको र प्राय आउंदा भगवान पशुपतिनाथको दर्शन गरेर जाने गरेको बताउने सिन्हाले नेपाली फिल्म निर्देशकले नेपाली फिल्ममा खेलाउन चाहेमा खेल्न आफू इच्छुक रहेको समेत भनेका छन्।

अभिनेता सिन्हा दुई पटक भारतको लोकसभा र दुईपटक राज्यसभा सदस्य भएका उनी भारतीय जनता पार्टीको संस्कृति तथा कला विभाग प्रमुख पनि हुन्।
प्रकाशन मिति–२०७३ साल भदौ २२ गते बुधवार ।