काठमाडौ। क्यान्सर रोगवाट केही समय पीडित बनेर हाल त्यस रोगवाट मुक्त बनेकी बलिउडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइरालाले हाल एकल जीवन व्यतित गरिरहेकी छन्। राम्रो मान्छे भेटिएमा निकट भविष्यमा विवाह गर्ने सोचमा रहेकी मनिषाले विचार मिल्ने भेटिएमा विवाह गर्ने बताएकी छन्।
भारतीय अनलाइन पत्रिका जागरणमा प्रकाशित समाचार अनुसार मनिषा चाँडै विवाह गर्ने तर्खरमा रहेकी छन्। सन् २०१० सालमा नेपाली नागरिक सम्राट दाहालसाग विवाह गरेकी मनिषाको सम्राटसंग खासै तालमेल मिल्न सकेन। जसले गर्दा मनिषा र सम्राटको चाँडै नै संवन्ध विच्छेद भएको थियो।
विहे भएपनि या नभएपनि एउटा बच्चा पाल्ने सोच पनि मनिषाले गरेकी छन्। चाँडै नै एक बच्चालाई गोद लिने तयारीमा उनी रहेकी छन्। त्यस बच्चालाई आमाको ममता दिएर पाल्ने उनको सोच रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।