प्वाल परेको जिन्स लाउने प्रियंकाको नौलो पहिरन

priyanka-karki-2

काठमाडौ। नेपाली चलचित्रका नायिकाहरु हाल परिहनको मामिलामा अत्यन्त सचेत बन्न थालेका छन्। विशेष गरेर हलिउड तथा बलिउडका स्टारहरुको पहिरनको सिको गरेर सोही बमोजिम पहिरने बानी उनीहरुमा परेको देखिन्छ। यसैक्रममा यतिखेर त्यसप्रकारको पहिरन पहिरिने अमेरिका रिटर्न नेपाली नायिकामा प्रियंका कार्की देखिएकी छन्।

priyanka-karki-2

प्रियंका अक्सर हलिउडका स्टारहरुको सिको गर्नमा माहिर नायिकाको रुपमा देखिएकी छन्। हाल अत्यन्त सफल चलचित्र छक्का–पञ्जाको नायिका समेत रहेकी प्रियंका छक्का–पञ्जाको प्रचार–प्रसारमा हलिउड स्टाइलका पहिरन लगाएर सवैलाई तीन छक्क पार्दै आएकी छन्। छक्का–पञ्जा हेर्न नेकपा एमालेका दलबलसहित काठमाडौको कमलपोखरी स्थित बिग सिनेमा हलमा पुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत प्रियंकाको पहिरनको बारेमा जिज्ञासा राखेका थिए।

priyanka-karki-1

जसवाट प्रियंका अत्यन्त खुशी बनेकी थिइन्। अरुले नभएपनि नेपालको पूर्वप्रधानमन्त्रीले त मेरो बारेमा जिज्ञासा राख्यो भनेर दंग परेकी केही समययता हलिउड स्टारहरु गीगी हडिड र केन्डल जेन्नेर जस्ता स्टारहरुको सिको गर्दैआएकी छन्। सोही टाइपको पहिरन बिग सिनेमा हलमा केपी ओलीहरु छक्का–पञ्जा हेर्न आउंदा प्रियंकाले लाएर आएकी थिइन्। यस परिहनको हाफ जिन्स ज्याकेटको ठाउँ–ठाउँमा प्वाल परेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २८ गते मंगलवार ।