मेकअपको दुनियाँमा अम्वु रुचाल

make-up

काठमाडौ । पाल्पामा जन्मी हुर्की बढेकी अ्म्बु रुचाल मेकअप आर्टिस्टका रूपमा स्थापित छिन् । हाल उनी प्रोफेश्नल मेकअप आर्टिष्टका रुपमा Kryolan, Nepal मा कार्यरत छिन् ।
२०६९मा नर्सिङ अध्ययन पुरा गरिसके पश्चात उनी मेकअप तालिम केन्द्रमा भर्ना भइन् । आफ्नो सानैदेखी मेकअप प्रति रुचि भएको कारणले होला त्यहि अभिरुचिलाई पूरा गर्नको निम्ति उनी २०७१ मा VLCC institute for makeup तालिम लिन थालिन् ।
उनको लगाब र मेहेन्तले गर्दा नै Glamstar 2015 मेकअप आर्टिष्ट प्रतिस्पर्धा जित्न पनि सफल भइन् । उनको मेकअप प्रतिको लगाब र झूकावले गर्दा तालिम सकिसके पछि यसै छेत्रलाई career कै रुपमा लिइन् ।
अम्बु रुचाल यसैपनि लगनशील अनि कर्मठशील छिन् । त्यसकारण पनि विभिन्न स्थानमा मेकअप तालिम trainer को रुपमा बिभिन्न म्युजिक भिडियो, कार्यक्रम, विवाह, व्रतवन्ध आदी ठाउँहरुमा कार्य गर्ने अवसर पाइन ।
उनी भन्छिन्, बिदेशको जस्तो राम्रो मेकअप अर्टिष्ट पाउन गाह्रो छ । राम्रो दक्ष आर्टिष्टको कमी र मेकअप किट्सको पनि अभाव हुनुको साथै नेपालमा सामाग्रीको पनि मूल्य एकदमै आकासिदो छ।
फेशन दुनियाँमा मानिसहरुको चासो बढेको त छ नै । झन विशेष गरी महिलाबर्गलाई त मेकअप गर्न औधी मनपर्छ । चाहे त्यो घरभित्र वस्दा होस् या वाहिर जानु पर्दा । जो कोहीलाई पनि राम्रो र सुन्दर वस्तुलाई नै रुचाउने या मनपराउनु मानिसको स्वभावै हो ।
आजकल त ठूलाठूला पार्टीका नेता देखि फिल्म नायिका, मोडेलसम्म त कुरै नगरौ । हामी सामान्य जनजीवनमा पनि मेकअपले ठूलै भूमिका खेलेको पाइन्छ । मानिसको जीवनमा मेकअप भन्ने चीज पानीको जत्तिकै अपरिहार्य महत्व हुन थालिसकेको छ ।

makeup
हरेक क्षेत्रमा मेकअपले मानिसलाई सुन्दर र आकर्षणयुक्त वनाउने काम गर्दछ । त्यसैले पनि होला मानिसको स्वभाव अनुसार मेकअपको विस्तार झन झन तीव्र गतिमा हुदै आएको पाइन्छ र भविष्यमा पनि यसको अझ विकास भने झन तीव्र गतिमा हुदै जाने वताउँछन रुचाल ।