सिभिल मलमा बिग सिजन सेल

काठमाडौं । सुन्धारास्थित सिभिल मलमा बिग सिजन सेल सुरु भएको छ । नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न वस्तुमा ५० प्रतिशतसम्म छूट उपलब्ध गराइएको छ ।
विभिन्न वस्तुका मूल्यमा छूटका अतिरिक्त विभिन्न आकर्षक उपहार समेत जित्न सकिने मलले जानकारी दिएको छ । सेल अवधिभर सिभिल मलमा विभिन्न आकर्षक कार्यक्रमहरुको आयोजना समेत हुनेछ । स्ट्याण्ड अप कमेडी, म्याजिक शो, गेम शो तथा फेस पेन्टिङ्ग जस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनेछन् । भदौ २४ गतेबाट सुरु भएको सिजन सेल यही भदौ ३१ सम्म चल्नेछ