एमालेले दियो सातवटै प्रदेश कमिटीलाई पूर्णता

amale-party-karyalaya

काठमाडौँ । नेकपा (एमाले) स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज केन्द्रीय कार्यालय, धुम्बराहीमा सम्पन्न भएको छ ।
आजको बैठकले पार्टीका सातवटै प्रदेश संगठन कमिटीहरुलाई पूर्णता दिएको छ । यसअघि स्थायी
समितिबाट निर्धारण भएका मापदण्डका आधारमा केन्द्रीय संगठन विभागका तर्फबाट गृहकार्य गरी प्रस्तुत
गरेका नामहरुलाई बैठकले अनुमोदन गरेको छ ।
प्रदेश नम्बर १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १ सय १, प्रदेश नम्बर २ मा
सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१, प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य
संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११, प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र
गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९, प्रदेश नम्बर ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना
सहसंयोजक रहेको ८०, प्रदेश नम्बर ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल क“डेल सहसंयोजक रहेको
५२ र प्रदेश नम्बर ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय
प्रदेश संगठन कमिटी गठन भएका छन् ।
प्रदेश संगठन कमिटीको पूर्ण नामावली पार्टीको वेभसाइट www.cpnuml.org मा उपलब्ध छ ।
प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा
सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिवहरु, जिल्ला
कमिटीका अध्यक्षहरु, जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान जिल्ला अध्यक्षहरु, निर्वाचन क्षेत्रबाट
निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु, जिल्ला कमिटीको सिफारिशमा केन्द्रीय कमिटीद्वारा मनोनीत
राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्यहरु र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय
प्रतिनिधि परिषद्का दलित सदस्यहरु हुनुहुन्छ ।
बैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले) मा समाहित भएका मध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश
श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ ।