सन्दिप पाँच महिना क्लार्कको एकेडेमीबाट क्रिकेट खेल्ने

अस्ट्रेलिया । माइकल क्लार्कको एकेडेमी वेष्ट्रन सवअर्ब्स क्लबबाट खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया पुगेका छन् ।
सन्दिपलाई लिन अष्ट्रेलियाका पूर्व कप्तान क्लार्क आफैं विमानस्थल पुगेका थिए । उनी सन्दिप लामिछाने लेखेको प्लेकार्डसहित विमानस्थल पुगेका थिए । विमानस्थल जानु अघि उनले ट्वीटरमा आफ्नो सानो मित्रलाई लिन जान लागेको भन्दै ट्वीट गरेका थिए ।
सन्दिप र क्लर्कले आगामी शनिबार एकसाथ मोसमोनमा खेल्नेछन् । नेपालका युवा क्रिकेटर सन्दिपले अबको करिव ५ महिना क्लार्बको एकेडेमीबाट क्रिकेट खेल्नेछन् ।